जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

Lalbabu-raut
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीका नेता बीपी साहले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन्।

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो।

पार्टीका नेता बिपी साहले अख्तियारले मुख्यमन्त्रीलाई जोगाएर कर्मचारीमाथि मात्र मुद्दा दर्ता गरेको आरोप लगाएका छन्। राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप उनले लगाएका छन्।

आफ्नै नाउँमा भएको अभियानबारे आफूलाई जानकारी नभएको भन्दै मुख्यमन्त्री पन्छिन नमिल्ने उनले बताए। नेता साहले साइकल वितरण गरिरहँदा कुन ब्रान्डको हो भन्ने जानकारी नहुने भन्नु सरासर झुट भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्