सातामा प्रतितोला १ हजार २०० ले बढ्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य बढेको हो।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० थियो। जुन, १ हजार २०० रुपैयाँले बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ छ।

लामो समयदेखि घट्न थालेको सुनको मूल्य एक साताको अवधिमा प्रतितोला १२ सय रुपैयाँले बढेको हो। यसअघि, यही महिनामा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँसम्म पुगेको थियो। जुन अहिले बढेर पुनः ९६ हजारभन्दा माथि पुगेको हो। यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर कायम भएको छ। महासंघले गत साता प्रतितोला १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता पनि सोही मूल्य कायम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्