रातभर मोबाइल किन चार्ज गर्नुहुँदैन ?

Mobile Charge
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सामान्यतया धेरैजसो प्रयोगकर्तामा दिनभर मोबाइल चार्ज नगरी चलाउने, अनि राती सुत्ने बेलामा चार्ज गर्ने बानी हुन्छ। राति पनि चार्ज भइसकेपछि झिक्नेभन्दा रातभर फोनलाई चार्जमा नै छोड्ने पनि धेरैको बानी हुन्छ। अर्कोतिर राति अबेरसम्म मोबाइल प्रयोग गर्ने अनि सुत्ने बेलामा चार्जमा राखेर भोलि बिहानमात्र चार्जबाट झिक्ने पनि केहीको बानी हुनसक्छ। यसोगर्दा तत्काल मोबाइलमा कुनै असर नदेखिए पनि लामो समयका लागि हेर्दा रातभर अथवा आवश्यकता भन्दा बढी फोन चार्जमा राख्नु जोखिमपूर्ण हुनसक्छ।

आवश्यक भन्दा फोन चार्जमा किन राख्नु हुँदैन ?

यो प्रश्नको सबैभन्दा पहिलो जवाफ हो, उच्च तापक्रम। उच्च तापक्रम अथवा धेरै तातो अवस्थाले ब्याट्रीलाई असर पार्ने काम गर्छ। जब तपाइँको फोन चार्जरमा जडान हुन्छ, यो तातो हुन्छ–यो जडान नभएको अवस्थामा भन्दा बढी नै न्यानो हुन्छ।

यो तातो तपाईंको कोठाको तापक्रम भन्दा केही डिग्रीमात्र बढी पनि हुनसक्छ। यसले ब्याट्रीलाई झन खराब गर्ने काम गरिरहेको हुन्छ। यसरी आवश्यक भन्दा धेरै चार्ज गर्दा फोन धेरै तातिनसक्छ र यसले ब्याट्रीको क्षमतालाई नै कमजोर बनाउन पनि सक्छ।

यसले ढिलो चार्ज हुने अथवा छिटो चार्ज सकिने समस्याहरू पनि देखापर्न सक्छन्। त्यसैले राति चार्ज गर्नुको सट्टा फोनलाई दिनमा एक वा दुई पटक चार्ज गर्नु उपयुक्त हुन्छ। कुनै लामो यात्रामा जानु छ भने फोनलाई शतप्रतिशत चार्ज गर्ने र साथमा पावरबैंक बोकेर पनि हिड्न सकिन्छ। तर आवश्यकभन्दा कम चार्ज हुनु र आवश्कभन्दा बढी चार्ज गराउनु भनेको फोनको ब्याट्रीको लागि पनि घातक हुन्छ। र यसले कहिलेकाहिँ भौतिक क्षति पनि गर्नसक्छ। -जेडडी नेटबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्