कहिले खुल्छ पिपुल्स हाइड्रोपावरको आइपिओ ?

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। पिपुल्स पावर लिमिटेडले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेपश्चात् सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरेको छ। बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आइपिओमा छिटोमा ५ भदौसम्म मर उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्