सुनको मूल्य घट्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ केही घटेको छ। आज आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ। यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रवार सुन ९६ हजार ८०० रूपैयाँ कायम भएको थियो।

त्यसअघि गत बिहीवार सुनको भाउ तोलामा ८०० बढेर ९६ हजार १०० कायम भएको थियो। त्यसको भोलिपल्ट (शुक्रवार) सुनको भाउ ७०० रूपैयाँ बढेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्