गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

लोकपाटी न्यूज
0 Shares

एजेन्सी । गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने २ सय ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा ६ बालबालिका समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा संयुक्त राष्ट्र विशेष प्रतिवेदक अल्बानेज अलले गाजामा इजरायलको आक्रमण गैरकानुनी मात्र होइन तर गैरजिम्मेवारपूर्ण भएको बताउनु भएको छ ।

उहाँले संकटको कूटनीतिक समाधानको लागि आह्वान समेत गर्नु भएको छ । गाजामा सैन्य अपरेशन अन्त्य गर्न इजरायली स्वास्थ्य मन्त्रीले माग गरेको खवर पनि बाहिरिएको छ यद्यपी यस विषयमा आधिकारिक धारणा भने आएको छैन ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्