वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज भारतलाई

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज भारतले जितेको छ ।

गयराति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३–१ ले जितेको हो । भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल बाँकी छदै १ सय ३२ रनमा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । भारत र वेस्ट इन्डिजबीचको पाँचौं तथा अन्तिम अन्तिम टी–ट्वान्टी खेल आज हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्