सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा

Baluwatar-
प्रधानमन्त्री निवास बालुवाटार : फाइल फोटो
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न कार्यदलको बैठक आज बस्ने भएको छ। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो।

सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईरदुई जना सदस्य रहेका छन्। कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।

नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन्। जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्