सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

ipo
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको छ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त आईपीओको हिजो प्रि-अलटमेन्ट गर्ने कार्य सम्पन्न भएको छ।

आइतबार प्रि-अलटमेन्ट गरेर सेयर बाँडफाँडका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाइएको छ। बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड हुने गरेको छ। बोर्डले स्वीकृति दिए मंगलबार बिहान आईपीओको बाँडफाँडको तयारी गरिएको एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ वटा आवेदनमार्फत २५.७१ गुणा धेरै अर्थात १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको माग परेको छ। कम्पनीको सेयरमा मागभन्दा उच्च् आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ। जसमा ६७ हजार ५८ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन्। गोलाप्रथाबाट सेयर पाएकामध्ये ६ जनाले भने थप १ कित्ता गरी कुल ११ कित्ता हात पार्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्