मेडिकल शिक्षामा सुधार गर्न मन्त्री पौडेलले बढाए सक्रियता

Debendra_Paudel
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल शिक्षाको गुणस्तर सुधार गर्न परामर्श सुरु गरेका छन्। मेडिकल सम्बन्धि शिक्षाको लागि नेपाली विद्यार्थी विदेशिन थालेपछि मन्त्री पौडेलले मेडिकल शिक्षामा सुधारको लागि पहल अघि बढाएका छन्।

त्यस क्रममा उनले मेडिकल क्षेत्रका विभिन्न निकायसँग छलफल अघि बढाएका छन्। सोमबार मात्र मन्त्री पौडेलले मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयका पदाधिकारी, प्रतिष्ठानका पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधिसँग छलफल गरेका छन्।

मेडिकल पढाई सम्बन्धि गुणस्तरीय र नेपालमा नै पढ्न पाउने विद्यार्थीको मागलाई थप व्यवस्थित गर्न उक्त निकायसँग छलफल गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन्। मेडिकल शिक्षा सुधारका लागि उक्त छलफल फलदायी हुने उनको विश्वास छ। छलफलमा मेडिकल शिक्षामा गुणात्मक सुधार ल्याउन आवश्यक पहल गर्ने निर्णय भएको जानकारी दिए।

‘मेडिकल पढाई सम्बन्धि गुणस्तरीय र नेपालमा नै पढ्न पाउने विद्यार्थीको मागलाई थप व्यवस्थित गर्न मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालयका पदाधिकारी, प्रतिष्ठानका पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगबीच गम्भीर छलफल भई आवश्यक पहल गर्ने निर्णय गरियो,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्