दिपेन्द्र सोनाम बने ‘द फ्लीक मोडल’को विजेता

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राजधानीमा सम्पन्न भएको ‘द फ्लीक मोडल प्रतियोगिता’को विजेता दिपेन्द्र सोनाम भएका छन्। दर्जनौं प्रतिस्पर्धीलाई उछिन्दै सोनाम विजेताको ट्रफी उचाल्न सफल भए। ट्रफीको साथमा उनले नगद लगायत अन्य उपहार समेत जितेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउँदै आएका उनले दर्जनौं म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन्।

मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमतावान् तथा कला भएकाहरूको लागि आफू चर्चित हुने राम्रो मध्यम पनि हो। वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ। त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ।

नृत्य र अभिनयमा पोख्त दीपेन्द्र चक्लेटि अनुहार र मिलेको सुगठित आकर्षक शरीरको धनी पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो। त्यसैले त सम्भावना बोकेका ह्यान्डसम मोडल दीपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन्।

भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्ने सोच बनाएका मोडल दीपेन्द्र सोनाम युवा व्यवसायी र गायक समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्