प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन् भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा ‘प्रभु लिटिल च्याम्प्स पिएमएस’ योजना सुरुवात गरेको छ।

सोही विषयसँग सम्बन्धित रहेर क्यापिटलले निर्माण गरिएको ‘आशा’ नामको जनचेतनामूलक भिडियो सार्वजनिक गरेको हो। भिडियोको मुख्य पात्र ‘आशा’ जस्तै कैयौँ लगानीकर्ताले प्रभु क्यापिटलको ‘पिएमएस’बाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरूले पूर्ण छात्र वृत्तिमा अध्ययन गरिरहेका छन्। प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिँदै गएको जनाएको छ।

भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने सन्देश दिएको छ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा/छोरीहरूको सुरक्षित भविष्यको लागि सुरु गरेको हो जसमा नानीबाबुहरू पिएमएस सेवा लिनको लागि जोडिएपश्चात् क्यापिटलले एक पिएमएस बापत १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ।

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछन्। यसरी सहभागी भएका सेवाग्राहीहरूले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्