प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको तीर्थ यात्रा प्रारम्भ

लोकपाटी न्यूज
4 Shares
  • राजेन्द्र विक

 बाजुरा। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ। बाजुराको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलकारुपमा रहेको बडिमालिकामा आज सदरमुकाम मार्तडीबाट सरकारी टोलीसहित बाहिरका जिल्लाबाट आएका भक्तजनहरू बडिमालिकाको तीर्थयात्रामा गएका हुन्।

बडिमालिकामा हरेक वर्ष भाद्र शुक्ल पक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। यस वर्ष बडिमालिकामा श्रावण २६ गते मुख्य पूजा लाग्ने भएको छ। प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन्।

बडिमालिका मन्दिर समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेका छ। त्यहाँ पुग्न सदरमुकाम मार्तडीबाट २ दिनको पैदल यात्रा गर्नु पर्दछ। औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडिमालिका प्रस्थान गरिसकेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। प्राकृतिक सुन्दरताले भरिपूर्ण बडिमालिकामा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्