काङ्ग्रेसले चुनावी अभियान सञ्चालन गर्ने, केन्द्रीय नेता जिल्ला पठाईने

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबलाई लक्षित गर्दै चुनावी अभियान सञ्चालन गर्ने भएको छ । जसका लागि पार्टीले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाउने भएको हो ।

आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा केन्द्रीय नेतालाई चुनावी अभियानमा खटाउने निर्णय गरको हो ।

बैठकले आगामी भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि काङ्ग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्