गुँला पर्व नेवार समुदायको मात्र नभएर ऐतिहासिक पर्व रहेको पर्यटन मन्त्रीको भनाई

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको बताउनुभएको छ ।

आज गुँला पर्वमा सहभागि भई काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएका उहाँले काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको पनि बताउनुभयो ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म १ महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्