बाजुरामा १ हजार ३ सय ७९ नयाँ मतदाता थपिए

लोकपाटी न्यूज
0 Shares

बाजुरा । बाजुरामा १ हजार ३ सय ७९ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ गते सम्म भएको मतादाता नामावलि सङ्कलन कार्यबाट बाजुरामा १ हजार ३ सय ७९ जना थपिएका हुन् ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बाजुरामा ८६ हजार ८ सय ३५ मतदाता सहभागि भएका थिए । आगामी निर्वाचनमा भने त्यो सङ्ख्या वढेर ८८ हजार २ सय १४ पुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय बाजुरामा गरी २ स्थानबाट मतदाता नामावली सङ्कलनको काम गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाजुरामा १ हजार १ सय १० र जिल्ला निर्वाचन कार्यालय बाजुरामा २ सय ६९ नयाँ मतदाताले नाम दर्ता गरेको सुचना अधिकारी पुडासैनीले बताउनुभयो ।

आगामी भदौ ३१ गते जिल्लाको कुल मतदाताको अन्तिम नामावली प्रकाशन गरीने र त्यस पछि मात्रै कति मतदाता छन भन्ने यकिन गर्न सकिने जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्