बलियो गठबन्धन गरेर जाने लुम्बिनी प्रदेशका सत्तारुढ दलको निर्णय

lumbini
लोकपाटी न्यूज
0 Shares

काठमडौं । आगामी निर्वाचनको तयारीका लागि लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ ५ दलले बलियो गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।

संयुक्त गठबन्धनको आज बुटवलमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट बृहत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।

बैठकमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्दै भएका कमी कमजोरी सुधार गरेर अब गठबन्धन अघि बढाउने निर्णय भएको काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनले बताए । संघ र प्रदेशमा कुन कुन निर्वाचन क्षेत्र कसका लागि उपयुक्त हुन्छ भनेर विवरण पेश गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्