निहारीका राजपुतको तस्विर सार्वजनिक गर्दै करिश्माले मागिन् सामाजिक सञ्जालमा माफी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आमरन अनशनमा रहेकी निहारीका राजपुतको केसमा बोलेकी छिन् । उनले यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सामाजिक सञ्जालमार्फत माफी मागेकी छिन् ।

करिश्माले निहारीकाको निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ ।

घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न सल्लाह पनि दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसंग माफी चाहान्छु ।
अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाको सहयोग गर्न म सक्दिन ।
निहारिका को सडकको बिजोग हेर्न नसकेर अगाडि बडे !!
निहारिका !
आमा , बुवासंग माफी माग
बच्चालाई आसर पर्छ , तिम्रो जीवनमा असर पर्छ ।
आफुलाइ दुख नदेउ ।
कत्ती नावालिक जो साच्चिकै पिडित छन तिनको मुद्दामा असर पर्छ ।
राज्य , न्याय पालिकाले यो केस को गहिरो छानबिन गरोस ।
म भ्रममा परेको हु कि ?
तर सधै सत्य को साथमा छु ।
यो सब हेरे पछि के गरु म ?????

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्