मौसम पूर्वानुमान : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा सामान्य बदली हुने भएको छ। त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेश, प्रदेश-१, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्