मेक्सिकोमा हिंसामा परी ८ जनाको मृत्यु

death pic
लोकपाटी न्यूज
3 Shares

एजेन्सी। मेक्सिको सिटी–जुआरेजमा भएमन हिंसामा ८ जनाको मृत्यु भएको छ। अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो।

पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन्। पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ। त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्