इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका –५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए। इँटाको टुक्रा देखिएको तर नम्बर खुल्न नसकेको उनले जानकारी दिए। के कति क्षति भयो विवरण आँउन बाँकी रहेको र घटना स्थलमा टोली गई सकेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्