मन्दबुद्धिका भएका आइन्स्टाइन कसरी बने महान वैज्ञानिक ? (जीवनी)

albert_einstein
लोकपाटी न्यूज
16 Shares

महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध शहर ‘उल्म’मा भएको थियो। आइन्स्टाइनको बुबाको नाम हरमान आइन्स्टाइन हो भने आमाको नाम पाउलिन जुइस हो। सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रेलियाको म्युनिखमा सरेको थियो। बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक यात्रा र वैज्ञानिक क्षेत्रमा उनले गरेको उपलब्धिको बारेमा चर्चा गर्ने प्रयास हामीले यस लेखमा गरेका छौ।

आइन्स्टाइन बालककालमा मन्दबुद्धिका मात्र होइन तीन वर्षसम्म त उनले बोल्न पनि सकेका थिएनन्। आइन्स्टाइनलाई ६ वर्षको उमेरमा विद्यालयमा भर्ना गरिएको थियो। उनलाई शिक्षकहरूले पनि मन्दबुद्धि भएको र मूर्ख आइन्स्टाइनको संज्ञा दिएका थिए। त्यसकारण उनी निराश बन्न पुगे। तर उनले हिम्मत हारेनन्। आफ्नो कठिन परिश्रम र लगावका बाबजुद उनले स्कुले शिक्षा पार गरी छोडे र उनलाई प्राविधिक शिक्षा हासिल गर्ने क्रममा ज्युरिचको टेक्निकल कलेजमा भर्ना गरियो, त्यहीबाट सन् १९०१ म स्नातक उपाधि हासिल गरेका थिए।

आइन्स्टाइनको प्रेम र वैवाहिक जीवनमा नजर दौडाउने हो भने आइन्स्टाइन आफू प्राविधिक कलेजमा अध्ययनरत हुँदा खेरि नै आफूभन्दा करिब ३ वर्ष जेठी मलिभा मारिक नाम गरेकी केटीसँग प्रेम बन्धनमा बाँधिन पुगेको थिए। सन् १९०३ मा आइन्स्टाइन आफ्नो प्रेमीका मारिकसँग वैवाहिक बन्धनमा बाँधिन पुगे। वैवाहिक बन्धनमा बाँधिएपछि सन् १९०४ मा प्रथम पुत्र अहवर्ट र दोस्रो पुत्र एडवार्डको जन्म सन् १९०६ मा भयो।

छोराहरूको जन्मबाट आइन्स्टाइन अत्यन्तै खुसी थिए। उनको यो खुसीमा कालो बादल मडारिन थाल्यो जब उनी आफ्नो श्रीमतीसँग बिछोड हुन पुगे। आइन्स्टाइन अधिक समय आफ्नो काममा नै व्यस्त हुने भएकोले उनलाई श्रीमतीले स्वीकारी रहन सकिनन् र सन् १९०९ मा यी जोडी बीचको सम्बन्ध अन्त भयो। अर्थात आइन्स्टाइन र मारिकले सम्बन्ध विच्छेद गरे। त्यसपछि आइन्स्टाइनले आफ्नै मामाको छोरी एलीनासँग दोस्रो विवाह गरेका थिए।

सन् १९०१ मा स्नातक उपाधि हासिल गरेपछि आइन्स्टाइन स्वीजरल्याण्डको नागरिक बन्न पुगेका थिए। अध्ययनपछि रोजगारीको अवसरको खोजीमा भौँतारिँदै हिँड्दा उनको एक जना हितैषी मित्रले उनलाई बर्नशहरको पेन्टेड अफिसमा प्राविधिक सहायकको नोकरी उपलब्ध गराई दिए। रोजगारी आइन्स्टाइन त्यसपछि भने वैज्ञानिक खोज र आविष्कारमा तल्लीन रहन थाले। उनले २६ वर्षको उमेरमा ‘सापेक्षतावादको सिद्धान्त’ विषयक शोधपत्र प्रकाशित गर्न सफल भए।

हालको प्रख्यात सूत्र E=MC2 पनि त्यसै सिद्धान्तमा पर्दछ। सैद्धान्तिक रुपमा पिण्डलाई शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई आइन्स्टाइनले यसै सूत्रबाट प्रमाणित गरेका थिए। आइन्स्टाइनको ‘सापेक्षतावादको सिद्धान्त’ले विश्वव्यापी प्रशंसा पाउन पुग्यो र आइन्स्टाइन विश्व चर्चित बन्न पुगे। उनले वैज्ञानिक क्षेत्रमा आफूलाई अझ बढी लिन बनाउँदै लगे। उनैद्वारा प्रतिपादित फोटो इलेक्ट्रिक प्रभाव सिद्धान्तका लागि १९२१ मा भौतिक शास्त्रको नोबेल पुरस्कारबाट आइन्स्टाइनलाई सम्मानित गरियो।

आफ्नो वैज्ञानिक यात्रालाई निरन्तरता दिने क्रममा आफ्नो जीवनको अन्तिम समयतिर उनी एकीकृत क्षेत्र सिद्धान्त (युनाइटेड फिल्ड थ्योरी) को अनुसन्धानमा निरन्तर लागि रहे। त्यस समयमा इजरायलको दोस्रो राष्ट्रपति बन्नको लागि आइन्स्टाइनलाई आएको प्रस्तावलाई पनि उनले स्वीकार गरेनन्। निरन्तर वैज्ञानिक क्षेत्रमा लागि रहने क्रममा यस सिद्धान्तलाई पूरा गर्न नपाउँदै १९५५ को अप्रिल १८ तारिखका दिन अमेरिकाको न्युजर्सी राज्यस्थित प्रिनस्टनमा उनको निधन भयो।

विश्वका महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको मस्तिष्कलाई उनको मृत्यु भएको ३० वर्ष पछिसम्म पनि सुरक्षित राखिएको थियो। उनको मृत्यु पश्चात् उनको मस्तिष्कको अध्ययन गर्ने न्यूरो सर्जनले उनको मस्तिष्कमा सामान्य मानिसको भन्दा ७३ प्रतिशत ग्लियल कोषहरू अधिक रहेको तथ्य पत्ता लगाएका थिए। विश्वविख्यात महान् वैज्ञानिक आइन्स्टाइनको व्यक्तित्व निकै उच्च थियो, जुन उच्चताको पर्वत अरू कुनै पनि वैज्ञानिकहरूले अहिलेसम्म चढ्न सकेका छैनन्।

वैज्ञानिकहरूमा सन्त-ऋषिको जस्तो व्यक्तित्व भएका आइन्स्टाइन कट्टर शान्तिवादी हुनुहुन्थ्यो। उहाँ शान्तिवादी मात्र होइन, प्रजातन्त्रवादी पनि हुनुहुन्थ्यो। आमूल परिवर्तनको पक्षमा वकालत समेत गर्नुभयो। कहिले पनि हिम्मत नहार्ने महान् वैज्ञानिक शान्तिवादी, प्रजातन्त्रवादी र समाजवादी अल्वर्ट आइन्स्टाइनबाट हामी विश्ववासीहरूले पनि केही सिक्ने कि ? अन्तमा वास्तवमा अल्वर्ट आइन्स्टाइन महान् हुनुहुन्छ। यस्ता महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइन विश्व मानव जगतमा सदा-सर्वदा अमर रहिरहनु हुन्छ भन्दा दुई मत नहोला।

प्रस्तुति : मिलन आफन्त

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्