- डा. निमानन्द रिजाल
वषौं वर्षसम्म
प्वाल टालिन्छकि भन्थ्यौं
त्यो भ्रमको खेती रहेछ।
जति थप्यो त्यति छिर्दो रहेछ
जनतासम्म पुग्ने आशा
आशैमा तुहिने भएछ।
पोलिस लगाएर
चिल्लो देखिएर हुँदो रहेनछ
झन् झन् ठूलो भ्वाङ पर्दै गएछ।
२२ सै छिर्न ह्वात्तै बढे छ प्वाल
ह्वार ह्वार्ति माटो छिर्ने भएछ
पानी त यसमा भेलै लागे छ।
महाकाली सिंगै निले छ।
सेतीमा आँखा तर्न लागे छ।
अब त मोलतोल गर्न लागे छ
कवाडी भो भाँडो
मिल्काउनै पर्ने भएछ।
कवाडी हो आऊ
तिम्रै साथमा लैजाउ
अब त घनले कुच्चाए भएछ।
नगरि ढिला,
कवाडी मिल्काउनै पर्दो रहे छ।
तारिक अजिज जस्तै
केही भएको छैन भन्दै
दक्षिण अघि हात मोल्दै
सौदावाजी हुँदै गरेछ
जंगी अड्डा गुणगाउँबाट
रमिते बने छ।
आफ्नो अस्मिताको रक्षा
आफैँ गर्ने बेला भएछ
सृजनशील हातहरू
ठिक समय आएछ
प्वाल परेको भाँडो
मिल्काउनु पर्ने भएछ
जति राख्यो त्यति सताउने रहे छ।
यसैले मिल्काउनै पर्ने भए छ।