नेपालमा कसरी कृषि क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ ?

bhattrai
लोकपाटी न्यूज
5 Shares

– मित्रलाल भट्टराई

१.मलखाद- कृषि उत्पादन बढाउन मलखादको अति आवश्यक छ। मल खाद्यको व्यवस्था गरी मल पर्याप्त दिनको लागि नेपालमै मल कारखाना खोल्न जरुरी छ। मल उत्पादन नहुन्जेल सम्मको लागि हाल आयत गर्ने साल्ट्रेनिङ् कर्पोरेसन र कृषि सामग्री कम्पनि बाहेक अन्य सहकारीहरु तथा निजि कम्पनि हरुलाई समेत मल आयात गर्न र खुला बिक्रि गर्न अनुमति दिने हो भने प्रतिस्पर्धा हुनगई सस्तो मुल्यमा मल प्राप्त गर्न सकिने छ।

मलमा दिईने अनुदान सिधै कृषकलाई दिने नीति बनाई सोहि मापदन्ड अनुसार दिने व्यवस्था हुनु पर्छ। यसरी नाफा राखेर पनि मल पर्याप्त मात्रामा पाएमा कृषक समेत खुसी हुने र संधै उपलब्ध हुन गई कृषि उत्पादन ऐलेकै अवस्थामा पनि दोब्बर भन्दा बढि बढ्छ। हाल ५० प्रतिशत किसानले मात्र पनि शुद्ध रासायनिक मल प्राप्त गर्न सकेका छैनन्। यसरी कृषि उत्पादनलाई ध्यान दिई मलखादको पर्याप्त व्यवस्थ गर्न सके अर्बौको कृषिउपज आयात गर्नु पर्ने अवस्था हटाएर हामीले निकासि गर्न सक्ने ठाउमा पुग्दछौं।

२.नश्लसुधार- परम्परागत अनुत्पादक लोकल पशुपन्छिलाई नष्ल सुधार गरी उत्पादन क्षमता वृद्धि गर्न विज्ञान र प्रविधिको प्रयोग गर्दै व्यसायिक वनाउन नीजि, सहकारी र सरकारको तर्फबाट संयुक्त लगानी गरी रोजगार मुलक वनाउन आवश्यक छ।

३. सिंचाई-व्यावसायीकमुलक खेति गर्ने खेतबारीमा अन्न तथा तरकारी खेतिलाई चाहिने सिंचाईको अनिवार्य व्यवस्था गर्ने। सिंचाई गर्न सकिने क्षेत्रहरुमा जग्गा खन्डिकरण रोकी आवासीय क्षेत्र बनाउन बन्देज लगाउने।

४.बिउविजन- उन्नत जातका बिउविजनहरु प्रसोधन परीक्षण गरि सरल र सहजतरिकाले विस्वसनिय ढंगबाट पाउने व्यवस्था गर्ने।

५. क्षतिपूर्ति-विउविजनमा बेचविखन गर्ने संघ संस्था तथा निजि क्षेत्रलाई डेटस्पाएर भएका विउहरु पुनस् बिक्रि नगराउन त्यस्ता विउविजनहरु नष्ट गरी त्यसको क्षति सरकारले उपलब्ध गराउनु पर्दछ। क्षति पूर्तिको व्यवस्था नभएको कारण डेटस्पाएर भएका बिउविजनहरु पुन:प्याकिङ्ग भई बजारमा बिक्रि भई रहेकोले उक्त बिउविजनहरुको कारण किसानहरुले ठूलो नोक्सानी भई उत्पादनमा ठूलो बेहोर्नु परेको छ।

६.जमिनको व्यवस्थापन– कृषिक्षेत्रका जग्गाहरु विभिन्न खण्डमा विभाजन हुने कार्यलाई रोकी, एकीकृत खेति प्रणालि विकाशको अवधारणा विकाश गर्नुपर्ने आवश्यक छ ,एकिकृत खेति प्रणालीमा, बहुकिसानहरुको खेतलाई चक्ला बन्दिगरि खेति गर्ने,खेतको क्षेत्रफलको आधारमा खेतिमा लाग्ने लागत खर्च घटाई आम्दानीलाई दामासाहिले भागबण्डा गर्ने। यसरी खेति गर्दा खर्च लागत घट्नुका साथै एउटा निस्चित समयमा निस्चित बालि लगाईने हुँदा रोग, किरा र चराचुरुङ्गि जस्ता बाह्य प्रकोप कम हुन्छ। साथै सिंचाई, र मलखाद प्रयोग गर्न सहज हुने भएकोले कृषि उत्पादन वृद्धि हुने हुन्छ।

६.कृषि उपज संरक्षण- कृषि उत्पादन भइसकेपछि त्यसको गुणस्तर समेत कायम राखी संरक्षण गर्नु प्रमुख कार्य हो। यसका लागि सुविधा सम्पन्न सुकाउने स्थान,गोदाम घर ,कोल्डस्टोर तथा खरिद बिक्रिको व्यवस्थालाई आधुनिकिकरण गरी विचौलियाबिहिन ढंगले उत्पादक र उपभोक्तालाई जोडने कार्य गर्नु पर्दछ।

७. कृषिमा आत्मानिर्भर कसरी हुने- देशमा उत्पादन हुने कृषि उपजलाई आयात गर्न प्रतिबन्ध लगाउने! कृषि क्षेत्र भित्रका बांझा जमिनलाई सरकारले अधिकरण गरी खेति गर्ने कृषकहरुलाई निस्चित समयका लागि लिजमा उपलब्ध गराउने, कृषि जोन घोषणा गरी वास्तविक किसानलाई सामुहिक वा व्यक्तिगत रुपले आधुनिक प्रविधि प्रयोग गरी अनिवार्य खेति गर्ने, तोकिएको बाली तोकिएको समयमा नलगाउने कृषकको खेत कव्जा गरी सरकारले लिजमा लगाउन पाउने कानुन बनाई अन्य कृषकलाई दिनु पर्ने र सरकारले तोके बमोजिम मात्र लिजभाडा जमिनको मालिकलाई उपलब्ध गराउने। उत्पादित वस्तुलाई सरकारले न्युनतम मूल्य निर्धारण गरी खरिद गर्ने,उपयुक्त भण्डारणको व्यवस्था गरी संरक्षण गर्ने साथै थोरै ५ नाफा राखि उपभोक्तालाई बिक्रि गर्ने व्यवस्था गर्ने।

८.अनुदानको व्यवस्था- प्रत्यक सामुहिक खेति र निस्चित क्षेत्रफल भन्दामाथि व्यावसायिक ढंगले खेति तथा पशु पन्छि पालन गर्ने कृषकहरुलाई मात्र स्थानीय जनप्रतिनिधि ,कृषि कर्मचारी साथै सर्बदलिय,प्रतिनिधित्वको सम्लग्नतामा निर्णय गरेर मात्र मल, बिउ,औंजार, सिंचाई वा अन्य कुन कृषकको माग अनुसार के शिर्षकमा अनुदान दिने हो यो बिधि अपनाउन आवश्यक छ। यस विधिबाट दिने अनुदानमा कुनै पनि बिचौलियाको प्रवेश हुन नसक्ने र सहि कृषकले अनुदान पाउने छन्। यश विधिमा आधुनिक पद्दतिको प्रयोग र विकाश गरी न्युनतम क्षेत्र वा संख्याबाट धेरै उत्पादन गर्ने उत्कृष्ट, व्यावसायिक कृषकहरुलाई प्राथमिकतामा राखेर प्रोत्साहन स्वरुप पुरस्कार र लागतको आधारबाट अनुदान दिने व्यवस्था गर्नु पर्दछ। यस विधिबाट वास्तविक कृषकले राहत पाउने र देशले गरेको कृषिको लगानी पूर्ण रुपले सम्बन्धित ठाउँमा पुग्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्