वेपत्ता कैलालीकी किशोरी मृत फेला

astha_large
लोकपाटी न्यूज

कैलाली। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। गत सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १६ वर्षीया आस्था शर्मा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।

बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत ति किशोरी मोहना नदी किनारमा शव फेला परेको हो। उनि सोमबार ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन्।

उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको छ। उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ। उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्