काठमाडौं। जापानले नेपाली कामदार माग गरेको छ। जापानको एक सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि ५ जना पुरुष र २ जना महिला गरी जम्मा ७ जना नेपाली कामदारको माग गरेको हो।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि ३ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।
कामदारले तलब एक लाख ५१ हजार बढि पाउनेछ। खान बस्नेको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ। इच्छुक कामदारले नाप इनटरनेशनल प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २ गते अन्तरवार्ता दिनु पर्ने छ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ। यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ।