२४ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली बजारमा यो सातामा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको जानकारी दिएको हो।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा आइपुगेको छ।

शुक्रबारको तुलनामा आइतबार स्थिर रहेको सुनको भाउ त्यसयता सबै कारोबार दिनमा घटेको छ। सोमबार तोलामा ३००, मंगलबार १०० र बुधबार ७०० ले घटेको थियो। यस्तै, बिहीबार तोलामा ३०० र शुक्रबार प्रतितोला १०० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो। जुन, एक सातामा २० रुपैयाँ प्रतितोलाले बढ्दै ११ सय ७० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्