चोलेन्द्रको पूरक बयान सकियो

Cholendra Rana
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सबै बयान सकेको छ। संसदीय समितिमा शनिबार बसेको बैठकमा जबराले दिएको बयानमा हस्ताक्षर गराएर प्रमाणीकरण भएको हो। आजको बैठकमा जबरालाई पूरक प्रश्नसमेत सोधिएको थियो।

उनको पूरक बयान र प्रतिवेदनमा हस्ताक्षर गर्न सकिएको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। बैठकमा उनले दिएको बयान लिखितमा उतार्दा १७३ पेज पुगेको छ। शुक्रबारको बैठकमा उनले ६५ पेजसम्म मात्रै हस्ताक्षर गरेका थिए।

उनले आफ्नो बयान रुजु गर्दै हस्ताक्षर गरेका थिए। उक्त काम सकिएसँगै बैठक ३ बजेसम्मको लागि स्थगित भएको छ। बयानको अन्तिम निष्कर्ष र प्रतिवेदन तयार गर्न ३ बजे पुन : बैठक बस्नेछ। उक्त प्रतिवेदन आजै संसदीय सचिवालयमा निर्णयार्थ पेश गर्ने तयारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्