पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध

karnali sadak
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ। लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएको छ।

जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ।

गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो गएका कारण सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध भएको थियो। तर सोही ठाउँमा भने प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्