दशैं-तिहारमा सेगवेको ई-स्कुटर किन्दा उपहारै उपहार

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा आकर्षक ‘छुट र पुरस्कार’ योजना ल्याएको छ। सेगवेको दुई पाङ्ग्रे सवारी साधनको बजार रणनीति र विस्तार अन्तर्गत ‘यो दशैं/तिहार सेगवेको साथ उपहार ७’ योजना ल्याएको हो।

नेपालका सबै सेगवे ई-स्कुटरका लागि यो अफर मान्य हुने आईहवले जनाएको छ। सेगवेको उत्पादन खरिद गर्दा १० हजार नगद छुट, अमेजफिट ब्यान्ड ५ वा अमेजफिट नियो ब्यान्ड जस्ता पुरस्कारहरू जित्न सक्नेछन्। साथमा निःशुल्क बिमा र सडक कर पनि रहने आईहवले जनाएको छ। साथै, ‘लक्की ड्र’ मार्फत अन्य पुरस्कार जित्ने अवसरहरू पनि प्राप्त उसले भनेको छ। ‘लक्की ड्र’मार्फत २ जनाले किक स्कुटर (एफ ४०), २ जनाले स्मार्ट फोन (मेजु एम १७) र ५ जनाले अमेजफिट जिटिएस स्मार्ट घडी प्रदान गरिने जनाएको छ। साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी/इएमआइको सुविधा रहने छन्।

सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको आईहवको भनाई छ। सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ। यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भइरहेका छन्। सेगवेको शोरुम राईजिङ मलमा रहेको छ।

सेगवे नाइनबटको बारेमा

छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्व प्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो। यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ-ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो। नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो।

२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे-नाइनबट अस्तित्वमा आएको थियो। हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरूमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरू बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन्। विश्व-प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे-नाइनबटले प्रयोगकर्ताहरू र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरू सिर्जना गर्नेछ। सेगवे-नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आईहव प्रालि हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्