जून दिन पशिना सङ्ग रुपियाँको बिनिमय सकिन्छ!
त्यहि दिन एउटा मदनको ज्यूने अभिनय सकिन्छ!!
बाध्यताहरुले मुग्लानिन्छन् यो देशका विधाताहरु!
सरकार मलाई थाह छ गए देश घर नगए सकिन्छ!!
पुस्तौँ पुस्ताहरु यसरी नै परिवर्तन हुँदै गएका छन् !
खै कहिले यो परम्परागत रीतिको प्रलय सकिन्छ!!
हिटलरहरुको वंशमा पनि हजार बुद्ध जन्मिनेछन!
जब देशमा जनवादी क्रान्तिको बिजयी सकिन्छ!!
धोका दिइ प्रेमको सम्बन्ध सकियो नसोच्नु तिम्ले!
सम्बन्ध जुन दिन सकिन्छ घामको उदय सकिन्छ!!
तिमिलाइ बिर्सेको पलमा म के सम्झुला के गरुँला!
सम्झेरै प्रत्येक सेकेन्ड मिनेट घन्टा समय सकिन्छ!!
जिन्दगी घायल बन्देला फेरी जिन्दगीले घात गर्ला!
नगर्नुस कसैलाई साँचो प्रेम मृत्युको भय सकिन्छ!!