चर्चित सर्जक शिव अखेलीको ‘च चहोइ च चाहोई’ दशैं गीत सार्वजनिक (भिडियो)

cchacha hui
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। गीतकार तथा संगीतकार शिव अखेलीको शब्दमा ‘च चहोइ च चाहोई’ दशैं गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। डिजिटल स्टार प्रालिको युट्युव च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो।

गायक तारानाथ आचार्य र गायिका अमृता नेपालीको स्वरमा रहेको उक्त गीतको लय, शब्द र संगीत पनि सर्जक शिव अखेलीले भरेका हुन्। गणेश सापकोटाको छायांकन र सम्पादन रहेको गीतमा रुबिना अधिकारी र सोनु रोयाल, बुद्धि खनाल, बलाराम अधिकारीको अभिनय रहेको छ। म्युजिक भिडियाकोे निर्देशन गायक तारानाथ आचार्य आफैले गरेका छन्।

निकै उत्कृष्ट शब्द सिर्जना गर्ने बाग्लुङका सर्जक शिव अखेली यसभन्दा अगाडिका गीत कलाकारले देखे, सेते दाइसँग पारसल पठाको छु,लाहुर जाने मदनहरु बाटैमा भाइरस,बिन्दु लगायतका थुप्रै गीतमार्फत् दर्शक एवं श्रोताको मन जित्न सफल भएका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्