युट्युबले थप्दैछ यस्तो नयाँ फिचर

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर थप गर्ने भएको छ। कम्पनीले प्रयोगकर्ताको आकर्षणको लागि सर्टस् कमेन्ट फिचर थप गर्न लागेको हो।

यो फिचरबाट प्रयोगकर्ताले अन्य प्रयोगकर्ताको कमेन्टमा सर्टस् भिडिओ मार्फत नै रिप्लाई दिन सक्नेछन्। प्राप्त कमेन्टमा क्लिक गरेर ‘क्लिक अ सर्ट’ भन्ने अप्सनमा गएपछि सो कमेन्टलाई पुल गरेर भिडिओमा देख्न सकिने गरी रिप्लाई भिडिओ बनाउन सकिन्छ।

प्रयोगकर्ताको मागलाई सम्बोधन गर्दै युट्युबले सर्टस्मा यो फिचर थप गरेको हो। यो फिचर पहिले टिकटकमा पनि उपलब्ध भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्