नेपाल टेलिभिजनले माग्यो १० जना समाचार प्रस्तोता

NTV-Nepal-Television
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको छ। नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो।

सूचना अनुसार नेपाली समाचार प्रस्तोता ७ जना र अंग्रेजी समाचार प्रस्तोता ३ जना मागिएको छ। उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ। दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ।

Notice-news-anchor

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्