पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

लोकपाटी न्यूज
0 Shares

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । तीन दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सयभन्दा तल छ । हिजो सोमवार ९१, अस्ति आइतवार ५९ र गएको शनिवार ६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैबीच थप एक सय ६० जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय १९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्