अनशनरत डा. केसी काठमाडौं आउन मानेनन्

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आउन अस्वीकार गरेपछि सेनाको जहाज रित्तै फर्किएको छ ।

डा. केसीले काठमाण्डौ नजाने अडान लिएपछि उनलाई लिन धनगढी गएको नेपाली सेनाको जहाज रित्तै काठमाण्डौ फर्किएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशिक अस्पतालका डाक्टका टोलीले केसीलाई उपचारका लागि काठमाण्डौ जान आग्रह गरे पनि उनले आफूलाई जटिल समस्या नभएकाले जबरजस्ती नगर्न आग्रह गरेपछि जहाज रित्तै फर्किएको हो । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका डाक्टरले केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाण्डौ उपचारका लागि ल्याउने तयारी गरिएको थियो ।

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शङ्का भएको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्