ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

lalitpur mahanagar
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। ललितपुर महानगरपालिकाले फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।

ललितपुर महानगरपालिकाले आज बुधबार सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो।

नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण गरिएका तथा स्लोप, टप र सिढी हटाउन ललितपुर महानगरपालिकाले सूचना जारी गरेको हो।

lalitpur

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्