राष्ट्रपतिबाट कानुनी र मानवीय अत्याचार भयो : डा.सुरेन्द्र झा

dr surendra jha
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  नेता डा.सुरेन्द्र झाले देशभित्रका नागरिकलाई अनागरिक बनाउने अत्याचार राष्ट्रपतिबाट भएको बताएका छन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देशभित्र रहेका नागरिकलाई अनागरिक बनाउने कुरा कानुनी र मानवीय अत्याचार गर्ने काम भएको बताए।

यस मुद्दालाई आफूहरूले जीवनमरणको सवालको रूपमा उठाउँदै आएको उल्लेख गर्दै उनले नागरिकता विधेयकको सन्दर्भमा ठूला दलको असफलता र द्वैध चरित्र देखिएको आरोप लगाए।

“कम्बल आढेर घ्यू खाने काम गरे”,उनले भने। यस मुद्दालाई चुनावमा लिएर जाने उनको भनाइ छ। “नागरिकता विधेयकको विपक्षमा लाग्नेहरू नाङ्गिन्छन्” उनले भने। नेता झाले सरकारवादी दलहरूले अब के गर्छन् भन्ने कुरा नेपाली जनताले हेर्न खोजेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्