सिरहामा राष्ट्रपति भण्डारीको राजिनामा माग गर्दै प्रदर्शन

bhandari ko rajinama mag
लोकपाटी न्यूज
5 Shares

जनकपुरधाम। सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ। नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध बुधबार राजमार्गमा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमतका नेता निर्मल मण्डलले बताए। उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्