राष्ट्रपति भण्डारीको अबको बाटो राजीनामा मात्रै : पूर्वराष्ट्रपति यादव

RamBaran_yadhav
प्रथम राष्ट्रपति डा रामवरण यादव। तस्बिरः रत्न श्रेष्ठ/रासस
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन्। राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको उनले बताएका हुन्।

‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले गरिनन्। त्यसको समर्थन र विरोधमा प्रदर्शन भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्