डेंगुका कारण बागमती प्रदेशमा एघार जनाको मृत्यु

dengue-fever
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार डेंगुको प्रकोपबाट बागमती प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना संक्रमित भएका छन्।

उनका अनुसार ललितपुर जिल्लामा मात्र चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन्। यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुका बिरामी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्