आईसीसी टी २० : सन्दीप लामिछानेको वरियता खस्कियो

sandip lamichhane
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)  ले जारी गरेको वरियता अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियता खस्किएको छ। सन्दीपको टी-ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो। सन्दीप लामिछाने एक स्थान खस्कँदै ६२ औं स्थानमा छन्।

यता ब्याटिङतर्फ नेपाली ब्याट्स्म्यान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको वरियता सुध्रिएको छ। भुर्तेल एक स्थान सुधार गर्दै ५१ औं स्थानमा पुगेका छन भने ऐरी ५८ औं स्थानमा छन्।

ब्याटिङको शीर्षस्थानमा पाकिस्तानका मोहम्मद रिजवान छन भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एइडेन मार्कक्रम दोस्रो स्थानमा छन्। त्यस्तै भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा पुग्दा बावर आजम चौथो स्थानमा झरेका छन्।

टी २० को बलिङतर्फ अस्ट्रेलियाका जोस हेजवुड शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिकाका ताब्राइज शाम्सी दोस्रो तथा इङ्ग्ल्याण्डका आदिल रशिद तेस्रो स्थानमा छन्।

अलराउण्डरमा नेपालका दीपेन्द्रसिंह ऐरी १० औं नम्बरमा छन्। अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शीर्षस्थानमा छन भने दोस्रो स्थानमा अफगानिस्तानमा मोहम्मद नाबी, तेस्रो स्थानमा इङ्ग्ल्याण्डका मोइन अली र चौथो स्थानमा वानिन्दु हसरंगा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्