रुसमा आंशिकरूपमा सेना परिचालन गरिने

Vladimir_Putin
लोकपाटी न्यूज
0 Shares

एजेन्सी । रुसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उनले भनेका छन् ।

उनका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्