कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

Jiwan_Pariyar
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणपत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई मनोनयन गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र तयारी समितिको असोज ६ गते बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए।

उनका अनुसार मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई समितिको अभिभारा तोकिएको हो। सञ्चार माध्यमले आवश्यक सूचना एवम् विविध विषयमा क्रमशः तय हुने अवधारणाको जानकारीका लागि परियारलाई समर्पक गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्