नेपाललाई चिनाउने ‘ट्राभल नेपाल बोर्ड गेम’को घोषणा

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपालका सबै पर्यटकीय स्थलहरू भ्रमण गराउने र त्यसको बारेमा जानकारी दिने ‘ट्राभल नेपाल बोर्ड गेम’ को घोषणा गरिएको छ। नेपाल भ्रमण गर्न चाहने विदेशी तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरी नेपालमा पहिलो पटक निर्माण गरिएको युनिक गेमको आज घोषणा गरिएको हो।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरेर खेललाई पुरै नेपाल भ्रमण गर्ने पुस्तक जस्तै बनाएर नेपालका धेरै स्थानको बारेमा जानकारी समावेश गरिएको जानकारी दिइएको हो। उक्त खेल कसैलाई मायाको चिनो स्वरूप पनि दिन सकिनेछ। सो खेललाई थप बुझ्नको लागि एक पटक अवश्य पनि खेल्न वेब कम्पनी वर्ज पोर्टल आइटीले आग्रह गरेको छ।

नेपाल भ्रमण गर्न आउने पर्यटकहरूलाई नेपालमा केके क्रियाकलापहरू गर्न सकिन्छ, कता-कता घुम्न सकिन्छ, के के खान पाइन्छ आदी विभिन्न जानकारीमूलक क्रियाकलापयुक्त खेल भएकोले भ्रमणको लागि धेरै उपयोगी हुने फाउण्डर सञ्जीव वज्र शाक्यले बताए। यसको अलावा खेल गैरनेपाली तथा पर्यटकहरूको लागि पनि विशेष चाखलाग्दो हुने उनको भनाइ थियो।

उनको अनुसार वज्र पोर्टलले पहिलो पटक धेरै रोचक गेम जारी गरेको हो। जहाँ आफ्ना परिवार तथा साथीभाइहरूसँग मिलेर नेपालभर घुम्न सकिन्छ। कम्पनीले नेपालको सबैभन्दा रमाइलो यात्राको साथै गुणस्तरीय समय बिताउन सकिने पनि दाबी गरेको छ। शाक्यले भने, ‘मेचीदेखि महाकाली, तराईदेखि पहाडसम्म समावेश गरेका छौं। र, यो भर्चुअल जर्नी जस्तो पनि हुनेछ। यसले नेपालको धेरै चिजहरूको इन्र्फमेसन दिनेछ। युनिक भनेको यसमा सामान्य गेम हुँदाहुँदै पनि सिंगो नेपाललाई समावेश गर्न सकेका छौं। यसबाट भर्चुअल थ्रुको एक्सपेरियन्स गर्न सक्नुहुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्