१२ बुँदे सम्झौताको मस्यौदाकर्ता म, ओली र नारायणकाजी हौं : डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज
15 Shares

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन १२ बुँदे सहमतिको ड्राफ्ट आफू, केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठले गरेको बताएका छन्। बिहीबार पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाको आत्मकथाको लोकार्पण समारोहमा उनले १२ बुँदे सम्झौताको सुरुवात आफूहरूले नै गरेको दाबी गरे।

डा. भट्टराईले १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गलत प्रचार गरिएको दाबी पनि गरे। ‘बाह्र बुँदे सम्झौताको विषयमा भारतले गर्‍यो भन्ने गरिएको छ। तर, सत्य त्यो होइन। त्यसको मस्यौदाकर्ता म आफैँ, नारायणकाजी श्रेष्ठ र केपी ओली हौं,’ उनले भने,‘त्यसलाई पछि गिरिजाबाबु र प्रचण्डले अन्तिम रूप दिनुभएको हो।’

डा. भट्टराईले थापाबाट आफूले संवाद र सहमति कसरी गर्ने भन्ने सिकेको बताए। त्यसका लागि आफूले थापालाई गुरु मानेको पनि उनको भनाइ छ। ‘संवाद र सहमति कसरी गर्ने भन्ने सूर्यबहादुर थापाबाट सिकेँ। त्यसका लागि गुरु मानेँ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्