नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न

लोकपाटी न्यूज
0 Shares

बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए ।

उनले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गरे ।

अध्यक्ष शाहले नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउदै अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको ९ वटा उजुरीले आफूले सकारात्मक रुपमा लिएको बताए । उनले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरी रहन निर्देशन समेत दिएका थिए ।

गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्