रुकुममा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Death
लोकपाटी न्यूज
0 Shares

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट रुकुम पूर्वको रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस आज बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, चालक रामेछापका लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेका छन् ।

यस्तै घाइते १२ जनामध्ये चार जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्