अर्थ मन्त्रालय मार्फत भएको रकमान्तर प्रती निर्वाचन आयोगको ध्यानाकर्षण

artha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयमार्फ भएको रकमान्तर निकासा र श्रोत सुनिश्चितताप्रती आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै आयोगले २४ घण्टाभित्र त्यसबारे स्पष्ट पार्न भनेको हो ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

निर्वाचनको मिति घोषणा भएपछि रकमान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन आयोगले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्