अमेरिकी डलरमा नयाँ रेकर्ड

ameriki-dollar-
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। अमेरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि निर्धारण गरेको मूल्य अनुसार १ अमेरिकी डलरको विनिमय खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८९ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको विनिमय बिक्री दर १२९.६८ रुपैयाँ निर्धारण गरेको थियो। शुक्रबारभन्दा शनिबार र आइतबारका लागि निर्धारण गरिएको विनिमय बिक्रीदरभन्दा २१ पैसाले बढी हो। त्यसअघि गत ५ साउनमा १ अमेरिकी डलरको विनिमय दर बढेर १२८.२९ रुपैयाँ पुगेको थियो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्